कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनाम मोरङ जिल्लाकै एक्लो पालिका प्रमुख

विराटनगर/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मोरङ्ग जिल्लाका सबै पालिकाको मतगणना सकिदा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजमती इङ्गनाम मोरङ्ग जिल्लाकै एक्लो महिला पालिका प्रमुख हुनुभएको छ । सो गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)की राजमती इङ्नामले नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई ३,१२९ मतान्तरले पराजित गरी विजयी हुनुभयो । सो पालिकाको उपाध्यक्षमा पनि नेकपा (एमाले)का भोलाप्रसाद अधिकारीले नेपाली कांग्रेसका मनकुमारी गुरुङलाई १,७५२ मतान्तरले पराजित गरी विजयी हुनुभयो ।

यता विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उप-मेयरमा नेकपा (एमाले)की सिल्पा निरौला कार्की विजयी हुनुभयो । १७ पालिका रहेको मोरङ्ग जिल्लामा नेकपा (एमाले)का ९ प्रमुख १२ उप-प्रमुख , नेपाली कांग्रेसका ८ प्रमुख र ४ उप-प्रमुख र नेकपा (माके)का १ उप-प्रमुख जितेको छ । मोरङ्ग जिल्लाको १ पालिकाको प्रमुख र १५ पालिकाको उप-प्रमुखमा महिला उम्मेद्वार विजयी भएपनि १ पालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा भने पुरुष उम्मेद्वार विजयी भए । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बद्रीकुमार राई र उपाध्यक्षमा गठबन्धनकै नेकपा (माके)का दिनेश पौडेल निर्वाचित हुनुभयो ।

(कान्तिपुर दैनिकको सहयोगमा )

Leave a Reply