कोटेश्वर सहयोगीनगर प्रहरी बिट नजिकै भेटियो व्यक्तिकौ शव

काठमाडौं/ काठमाडौं महानगरपालिका-३२, कोटेश्वर सहयोगीनगरस्थित मनोहरा खोला छेउमा रहेको प्रहरी बिट नजिकै आज बिहान एक व्यक्तिको शव भेटिएको छ । अर्धबैंशै उमेरका ती पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ। बिहान पौने १० बजेतिर अलगपथको युनिट त्यहाँ पुग्दा रगताम्य देखिएका ती मृत पुरुषको शरीर पूरै कपडा खोलेर पानी हालेर पखालिएको थियो । पानीले पखाल्दा बाटोमा बगेको पानी रातो देखिएको थियो । एम्बुलेन्समा ती पुरुषको शव राख्ने बेलामा त्यहाँ जम्मा भएका मानिसहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । त्यसबेला सोही स्थानमा भेटिएका एक पुरुषले हिजो ती व्यक्ति त्यसै एरियामा हिड्दै गरेको देखेको तर अगाडि भने तिनलाई त्यो एरियामा नदेखेको बताए ।

Leave a Reply