क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमती

नाबालिका बलात्कारको आरोपमा गत असोज २० गतेदेखि महानगरीय प्रहरी वृत्त , गौसाला, काठमाडौंमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई अनुसन्धानका लागि आज चौथो पटक थप २ दिन प्रहरी हिरासतमा राख्न नेपाली प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमती दिएको बताइएको छ । आज प्र रीले सन्दीप लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको लागि उनलाई प्रहरी हिरासतमा राख्न अनुमती मागेपछि थप दुई दिन उनलाई हिरासतमा राख्न अदालतले अनुमती प्रदान गरेको हो । प्रहरीले उनी माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई हस्तान्तरणको तयारी गरेको काठमाडौं जिल्ला अदालतका न्यायधीशलाई अवगत गराएको सन्दीपका कानुन व्यवसायी सरोजकृषृण घिमिरेले सञ्चारकर्मीलाई बताउनुभएको छ ।

Leave a Reply