क्रिकेट खेलाडी सन्दीप लामिछाने कारागार चलान

१७ वर्षीया किशोरलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार पठाइएका छन् । आज उनी विरुद्धको दुबै पक्षका वकीलहरुको थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायधीश माधवप्रसाद घिमिरेको इजालासले लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको बताइएको छ ।

उनी विरुद्ध मंगलबार १७ वर्षीया नावालिकालाई बलात्कार गरेको आरोपको मुदृधा काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेपछि बुधबारदेखि उनी विरुद्ध थुनछेक बहस शुरु भएको थियो । वादीका तर्फबाट ४ जना सरकारी वकील , जाहेरीवालाको तर्फबाट ३ जना वकील तथा प्रतिवादीको तर्फबाट ८ जना वकीलले बहस गरेका थिए । त्यसैक्रममा सन्दीपले बलात्कार गरेको भनिएकी किशोरी नावालिका नभई सावालिका भ एको प्रमाण इजालास समक्ष पेश गरेको बताइएको थियो तर न्यायधीश घिमिरेले भने ती प्रमाणको परीक्षण भइनसकेको बताउनुभएको जनाइएको छ ।

केन्द्रीय कारागार चलान भएका लामिछाने थुनामा रहेर मुद्धा लड्नु पर्ने जानकारहरु बताउछन् ।

सन्दीपले अहिलेसम्म आफू माथि लागेको बलात्कार आरोप अस्वीकार गर्दै छन् भने जाहेरीवाला किशोरीले आफूमाथि सन्दीपले जब्बयजस्ती बलात्कार गरेको सरकारी वकील समक्ष बयान दिएको बताइएको छ ।

Leave a Reply