गोरखाका स्थानीय तहहरुमा महिलाहरु उपाध्यक्ष/उप-प्रमुखमै सिमित

काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गोरखा जिल्लाका सबै स्थानीय तहमा महिलाहरु उपाध्यक्ष/उप-प्रमुखमै सिमित भएका छन् । दलहरुको प्राथमिकतामा पालिका प्रमुखमा महिलाहरु प्राथमिकतामा नपर्दा ती स्थानीय तहहरुमा महिलाहरुले उप-प्रमुखमै चित्त बुझाउनु परेको छ । २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखा जिल्लाका ९ पालिकाको प्रमुख र ६ पालिकाको उप-प्रमुखमा नेकपा (माके)का र २ पालिकाको प्रमुख र ५ पालिकाको उप-प्रमुख नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ‌।

(कान्तिपुर दैनिकको सहयोगमा )

Leave a Reply