जहाज डिले हुने तर सूचना नपाउने प्रवृत्तिले यात्रु हैरान

काठमाडौं/ टिकट काट्दा भनेको समयमा जहाज नउड्ने समस्या हाम्रो देशमा बिस्तारै चलनको रुपमा विकास हुदै गएको आभाष जहाजमा यात्रा गर्ने धेरै यात्रीहरुले गर्न थालेको देखिएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरुमा त यो समस्या त्यत्तिसारो देखिदैन तर आन्तरिक उडानमा भने यो समस्या विकराल देखिन्छ । जहाज कम्पनीहरुले टिकट काट्दा भनेको समयमा यात्रीहरु विमानस्थल पुगेपनि अधिकांश जहाज भनेको समयमा नउड्दा यात्रीले विमानस्थलमा बसेर कुर्नुको बिकल्प देखिदैन । जहाज उडानको पर्खाईमा बस्ने यात्रीहरु गुनासो गर्दै भन्छन्,”जहाज उड्न ढिलो हुने भए किन र कति समय ढिलो हुने हो , त्यसको सूचना समयमा दिइएको भए त्यही अनुसार विमानस्थल आइन्थ्यो , यसरी समय खेर फालेर बस्नु पर्ने त थिएन र यो कुर्ने समयमा कुनै काम गरिन्थ्यो ।”

राज्यका नियामक निकायले पनि यो विषयमा चासो दिएको देखिदैन । धेरै पहिलेदेखि देखिदै आएको समस्या समाधान गर्न तिर राज्यको उपल्लो तहमा रहेका जिम्मेवार व्यक्तिहरु थाहा पाएर पनि थाहा नपाएजस्तो गरिरहेको देखिन्छ ।

सरोकारवालाहरु भन्छन्- राज्यले जहाज कम्पनीहरुले आफ्नो जहाज उडान गर्न यदी भनेको समयभन्दा केही ढिलो हुने भए प्रविधिको प्रयोग गरी यात्रीहरुलाई त्यसको समयमा सूचना गर्नु पर्नै अनिर्वाय व्यवस्था गर्नुपर्छ , ताकी यात्रीले विमानस्थलमा पुगेर त्यत्तिकै पर्खेर बसेर समय खेर फाल्न नपरोस् ।

Leave a Reply