डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु, ५ घाइते

गए राती ९ बजेर ७ मिनेट जादा डोटीको खप्तड निकुञ्ज आसपास केन्द्रविन्दु भएर ५.७ र गए राती २ बजेर १२ मिनेट जादा बझाङको कालाखेती आसपास केन्द्र विन्दु बनाएर ६.६ रेक्टर स्केलका गरी सुदूर पश्चिम क्षेत्रमा २ पटक भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यी भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण त प्राप्त भई सकेको छैन तर यसबेलासम्म ८ वटा घर पूर्ण रुपमा भत्किएको तथा डोटीको पूर्व खोला गाउँपालिका -३ मा भूकम्पबाट ४ बालबालिका सहित ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको समाचार प्राप्त भएको छ । मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा , ४० वर्षीया भगवती बोहरा , १४ वर्षीया धनसरी बोहरा , १४ वर्षीया तुल्शी बोहरा , १३ वर्षीया सीता बोहरा र ८ वर्षीय हर्क बोहरा रहेको इलाका प्रहरी कार्यालय सानागाउँले जनाएको छ । यसैगरी भूकम्पबाट धौली बोहरा , ईन्नरीदेवी बोहरा , महावीर बोहरा , साना बोहरा र किस्ना बोहरा घाइते अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।

भूकम्पबाट भएको क्षतिको खोज, विवरण संकलन तथा घाइतेको उद्दार र राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी , ससस्त्र प्रहरी बल , स्थानीयबासी लगायत लागिरहेको खबर प्राप्त भएको छ । खोजी

Leave a Reply