दुई पाङ्ग्रे सवारी साधनबाट मोवाइल होल्डर हटाउदै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चलिरहेका दुई पाङ्ग्रे सवारी साधनबाट मोवाइल होल्डर हटाउन थालेको छ , जसका कारण पठाओ र इन ड्राइभका मोटरसाइकल र स्कुटी चालकहरुले आफूलाई समस्या परेको बताएका छन् । गत बिहीबारबाट ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटीको मोवाइल होल्डर हटाउन थालेको बताइएको छ । मोवाइल होल्डरमा राखेको मोवाइलबाट यात्रुसँग सम्पर्क गर्नुका साथै त्यही मोवाइलबाट गुगल नक्सा हेरेर यात्रु भए ठाउँमा पुग्ने र यात्रुलाई गन्तव्यमा पु-याउनु पर्ने भएकोले मोटरसाइकल र स्कुटीबाट मोवाइल होल्डर हटाउदा काम गर्न गाह्रो हुन थालेको उनीहरुको गुनासो छ तर ट्राफिक प्रहरीले भने दुई पाङृग्रे सवारी साधनमा रहेको होल्डरमा राखेको मोवाइल हेर्दै दुई पाङ्ग्रे सवारी साधन चलाउदा चालकको ध्यानमा मोवाइलमा हुने र यसले सवारी दुर्घटना हुन सक्ने खतरा भएकोले सडक दुर्घटना नहोस् भनेर यस्तो गरिएको जनाएको छ ।

पठाओ र इन ड्राइभका सवारी साधनले गर्दा काठमाडौं उपत्यकामा बसोबास गरिरहेका आफ्नो सवारी साधन नहुनेहरुले सुविधा महशूस गरिरहेको देखिएको छ भने पठाओ र इन ड्राइभका सवारी साधन चलाउने धेरै जना स्वरोजगार बनेका छन् ।

Leave a Reply