नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा

काठमाडौं/ राजपरिवारका ८ जनाको ज्यान जाने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रबार साझ भएको सो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह , युवराज दीपेन्द्र शाह , अधिराजकुमारी श्रुति राणा , अधिराजकुमार निराजन ,पूर्व अधिराजकुमारी धीरेन्द्र शाह, कुमार खड्ग विक्रम शाह सहित ८ जनाको दु:खद निधन भएको थियो । नारायणहिटी दरबार भित्र आयोजित शाही परिवारका सदस्यहरु सहभागी भोजका क्रममा गोली चलेको बताइएको थियो । त्यस क्रममा पूर्व रानी कोमल शाह, कुमार गोरख शम्शेर लगायत घाइते भएको बताइएको थियो । उक्त छानविनका लागि गठित छानविन आयोगले नशामा रहेका तत्कालीन युवराज दीपेन्द्रले अन्धाधुन्ध गोली चलाएर सो घटना घटाएको प्रतिवेदन सार्वजनिक गरेको थियो तर त्यसलाई नागरिकहरुले पत्याएका छैनन् । यता पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवाल , जर्नेल विवेक शाह , लेखक कनकमणि दीक्षित लगायतले पुस्तक लेखेर पूर्व युवराज दीपेन्द्रलाई त्यस घटनाको हत्याया सावित गर्न कोशिस गरेपनि उनीहरुले लेखेका पुस्तकमा सो घटनाको हत्यारा दीपेन्द्र नै हो भन्ने भरपर्दो तथ्य प्रस्तुत गरेको देखिदैन ।

त्यस घटनामा कञ्चटमा गोली लागेर घाइते भई अस्पतालमा कोमामा रहेकै अवस्थामा तत्कालीन युवराज दीपेन्द्रलाई राजा र अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राज्य सहायक घोषणा गरिएपनि राजा घोषित गरिएको ५४ घण्टामा नै कोमामा बेहोस अवस्थामा रहेका दीपेन्द्र शाहको निधन भएको सार्वजनिक गरिएको थियो । त्यसपछि नागरिकहरुले त्यस घटनाको विरोध गरेको भन्दै कर्फ्यु लगाएर दिवंगत दीपेन्द्र शाहको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको थियो । अन्तेष्टि अगाडि दीपेन्द्रको पार्थिव शरीर ब्रह्मनालमा राखेको बेला झिङ्गा भन्किएको दृश्य टेलिभिजनबाट प्रसारण भएको भिडियोमा देखिएको थियो । टेलिभिजन मार्फत यो दृश्य देखेका मानिसहरुले दीपेन्द्रले यो घटना घटाएको हो भन्ने कुरा यसबेला सम्म पनि पत्याएको देखिदैन । बरु उनीहरु यो घटना रहस्यमय छ र यसको राम्रोसँग छानविन गरी दोषी उपर कारबाही गर्नु पर्ने माग गरिरहेका छन् ।

तत्कालीन राजा वीरेन्द्र र अधिराजकुमारी श्रुतिको ज्यान बचाउन सकिने अवस्था रहदा रहदै पनि सम्बन्धित पक्षले त्यसप्रति चासो नदिएकाले उहाँहरुको ज्यान गएको भनाई त्यस घटनालाई आफूले साह्रै नजिकबाट नियालेको भन्ने कतिपय व्यक्तिहरुले सार्वजनिक रुपमा बताएका छन् ।

Leave a Reply