निर्वाचन आयोगले आउदो असार १ गतेबाट मतदाता नामावाली संकलन गर्ने

काठमाडौं/ निर्वाचन आयोगले आउदो असार १ गतेबाट पुन: मतदाता नामावली संकलन गर्ने भएको छ । गत बैशाख सम्पन्न स्थानीय तहको मिति घोषणा भएपछि गत माघ २५ गतेबाट मतदाता नामावली संकलन कार्य बन्द भएको थियो । सो आयोगद्वारा जारी सूचनामा नेपाली नागरिकताको प्रमाण-पत्र लिएका तर मतदाता नामावलीमा नाम समावेश नभएका वालिग नेपाली नागरिकलाई आफ्नो नेपाली नागरिकताको प्रमाण-पत्र लिएर जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मध्ये आफूलाई पायक पर्ने गई आफ्नो दर्ता गराउन अनुरोध गरेको छ ।

Leave a Reply