नेपालका सर्प

  • कृष्ण फुयाल क्षेत्री, सर्प खोज तथा अनुसन्धानकर्ता

नेपाल जैविक दृष्टिले अत्यन्तै समृद्ध देश हो । यहाँ गर्मी, चिसो र आद्रता भएको विभिन्न प्रकारको वातावरणले गर्दा विभिन्न प्रजातिका जीवजन्तु पाइन्छन् । यस्तैमा सर्प पनि यहाँको महत्वपूर्ण वन्यजन्तु हो ।

नेपालमा हालसम्म ८० भन्दा बढी प्रजातिका सर्प पाइएका छन्, जसमा केही विषालु र धेरैजसो अविषालु हुन्छन् ।

सर्पहरूले पारिस्थितिक तन्त्रलाई सन्तुलनमा राख्न ठूलो भूमिका खेल्छन्। उनीहरूले मुसा, भ्यागुता, किराफट्यांग्रा आदि खाएर खेतीमा हुने हानी घटाउँछन् ।

 तराईमा पाइने सर्पका प्रकार

नेपालको तराई क्षेत्रमा चिस्यानयुक्त वातावरण, खोलानाला, बगैंचा, खेतबारी र वनजंगल भएका कारण धेरै प्रकारका सर्प पाइन्छन्।

तराईमा पाइने मुख्य सर्पहरू:

१. विषालु सर्पहरू

क. गोमन (Naja naja) — नाग

कालो, खैरो वा ढाँट भएको, फन फुलाउने ।

धेरै विषालु हुन्छ । खेतबारी, गोठ र झाडीमा पाइन्छ ।

ख. करैत (Bungarus caeruleus)

कालो र सेतो धारिलो धर्का भएको, राति बढी सक्रिय।

नेपालकै सबैभन्दा खतरनाक सर्प मानिन्छ।

ग. घेराउटे सर्प (Russell’s viper)

गहुँगोरो र गोलाकार ढाँट भएको ।

खेतबारी, खुल्ला जमिनमा पाइन्छ ।

घ . हराइ (Pit viper)

हरियो वा खैरो हुन्छ, बुट्टा भएको ।

रुख र झाडीमा पाइन्छ ।

२. अविषालु सर्पहरू

अ. धामन (Ptyas mucosa)

लामो र छिटो दौडने, मुसा खाने।

मान्छे र खेतीको साथी ।

आ. धेउसे सर्प (Python)

ठूलो र भारी सर्प, जनावरलाई बेरेर मार्छ।

विषालु हुँदैन।

इ. पानी सर्प (Water snake)

पानी र वरिपरिका झाडीमा पाइन्छ ।

ई. हरियो लहरी सर्प (Green vine snake)

पातलो, हरियो, रुखमा रहने ण।

 विषालु र अविषालु सर्प छुट्याउने तरिका

विषालु सर्प प्रायः अग्लो टाउको, फन, र खतरनाक व्यवहार देखाउँछन् ।

विषालु सर्पको टोकाइपछि ठूलो पीडा, सुन्निने, बान्ता, र श्वास फेर्न गाह्रो हुन्छ ।

अविषालु सर्पले टोकेपनि खासै असर गर्दैन।

सर्पबाट बच्ने उपायहरू

सर्पसँगको सहअस्तित्वका लागि सावधानी अपनाउनु जरुरी छ ।

घर र वरिपरिको वातावरण:

#घर वरिपरि झाडी, घाँस र फोहोर सफा राख्नु ।

#चरा, मुसा र फट्यांग्रा नष्ट गरी घरमा नल्याउनु ।

#गोठ र भकारी सधैं सफा राख्नु ।

बाहिर जाँदा:

#खेतबारी, झाडी वा वनमा जाँदा भरपर्दो जुत्ता र लुगा लगाउने ।

# राति हिँड्दा टर्च वा बत्ती अनिवार्य प्रयोग गर्ने ।

#सर्प देखेमा नछुनु, नतर्साउनु र ढुंगा नहान्नु ।

# खुला ढोका–झ्याल राख्दा झारपात नछाड्ने ।

सर्पले टोकेमा:

# तुरुन्त सर्पको प्रकार हेर्ने प्रयास गर्ने तर नछुने ।

# घाइतेलाई ढाड सिधा पारेर अस्पताल लैजाने ।

# टोकेको ठाउँमा पट्टि कसिलो पारेर बाँध्ने (तर अत्यन्तै कसिलो होइन) ।

#घरेलु झारबुटी वा टोटका नगर्ने ।

(क्षेत्री अध्यापन पेशामा आवद्ध हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *