नेपाल प्रहरीलाई यतिबेला हतियार होइन प्रविधि चाहिएको छ : सांसद सिलवाल

काठमाडौं/ नेकपा (एमाले)का सांसद तथा नेपाल प्रहरीका पूर्ल अतिरिक्त महानिरीक्षक नवराज सिलवालले सरकारले अन्यत्रबाट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८० करोड रुपैया भन्दा बढी रकम हतियार खरीद गर्न दिने निर्णयको विरोध गर्दै ‘नेपाल प्रहरी आर्म फोर्स नभएकोले उसलाई यतिबेला हतियारको सट्टा प्रविधि र व्यारेक चाहिएको छ’, भन्नुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै बिचौलिया मार्फत बास्तविक मुल्य भन्दा तेब्बर महङ्गोमा मुल्यमा हत यार खरीद गर्न लागेको जानकारी आफूले पाएको भन्दै त्यो कार्य राष्ट्रघाती रहेको र त्यसले नेपाल प्रहरीका अधिकृतहरुलाई हतकडी लाग्ने अवस्था आउन सक्ने बताउनुभयो । बिचौलिया लगायतका षडयन्त्रमा परी सुडान घोटाला काण्डमा आफू निर्दोष हुदाहुदैपनि नेपाल प्रहरीका अधिकृत जेल जानु परेको उहाँको भनाई छ ।

नेपाल सरकारले अन्यत्रबाट रकमान्तर गरेर नेपाल प्रहरीलाई हतियार खरीदका लागि रकम दिने भएसँगै त्यसबारे बिभिन्न टीकाटिप्पणी हुन थालेका छन् । बिचौलियाका कारण नेपाल प्रहरीले खरीद गर्न लागेका हतियारको बास्तविक मुल्य भन्दा धेरै महङ्गो पर्ने देखिएको सरोकारवालाहरुको भनाई छ । अहिले खरीद गर्न लागिएको एउटै पेस्तोलको मुल्य ८६ हजार रुपैयासम्म पर्ने भनिएको छ तर त्यसको बास्तविक खरीद मुल्य त्यति नपर्ने कतिपय जानकारहरुको भनाई ।

Leave a Reply