पुष्पलाल विचार प्रवर्धन केन्द्रको प्रथम वार्षिक साधारण सभा पुन: खेमनारायण ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरि आज काठमाडौंको मैत्रीनगरमा सम्पन्न भयो । सर्वसम्मत रुपमा चयन भएको उक्त कार्य समितिको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, सचिवमा शशिकला घिमिरे , कोषाध्यक्षमा रामबहादुर भण्डारी र सदस्यमा डा.शम्भु कट्टेल, कृष्णहरि भट्ट, श्रीकान्त पण्डित, एके कार्की, राजकुमार थापा,विश्वजीत खत्री,भवानी के.सी. जीवन्द्र निलगगन हुनुहुन्छ ।
सोही केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभाले सो केन्द्रको वार्षिक प्रतिवेदन पारित गरेको बताइएको छ ।





