पेट्रोलियम पदार्थको मुल्य बृद्धिको एमाले सांसद अर्याल र लामाको विरोध

काठमाडौं/ नेपाल आयल निगम लिमिटेडले पुन: पेट्रोलियम पदार्थको मुल्य बढाएपछि त्यसको विरोध गरेको नेकपा (एमाले)का सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थको भण्डारमा पेट्रोलियम पदार्थ स्टक नसकिँदै पुन: पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विरोध गर्नुभयो । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अर्याल त्यसबारे मन्त्री सदनमा जवाफ दिनु पर्ने माग गर्नु भएको थियो । त्यसैगरी सोही पार्टीकी सांसद नवीना लामाले पनि पेट्रोलियम पदार्थको विरोध गर्नु भएको थियो ।

यसैगरी पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धिको विरोधमा आज बुटवल , विराटनगर लगायतका स्थानमा अनेरास्ववियु सहित विरोध प्रदर्शन गरेका थिए ।

यता पेट्रोलिम पदार्थको मुल्य बृद्धिको विरोध गरेको राप्रपाका नेताहरुले नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थको मुल्य बृद्धि र पेट्रोलियम पदार्थमा लगाएको कर बारे जवाफ मागेको जनाइएको छ ।

Leave a Reply