प्रधानन्यायधीश जबराको राजिनामा माग्दै कानून व्यवसायीहरु धर्ना र विरोधमा

काठमाडौं/ प्रधानन्ययधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आज पनि कानून व्यवसायीहरु अदालत प्राङ्गडमा विरोध तथा धर्ना कार्यक्रम गर्दै छन् । नेपाल बार एसोसिएशनको अगुवाईमा आजबाट आउदो कार्तिक ३० गतेसम्म बिहान १०:३० देखि ११:३० सम्म बिरोध गर्ने भएकोले बिहान १२ अगाडि मुद्धाको सुनुवाई नराख्न नेपाल बार एसोसिएसनले अदालतहरुलाई आग्रह गरेको छ ।

यता प्रधानन्यायधीश जबराले भने कसैले भन्दै आफूले पद त्याग नगर्ने अडान लिएका छन् भने सर्बोच्च अदालतका न्यायधीशहरुले पनि जबराले प्रधानन्यायधीश पद त्याग नगर्दासम्म उनीसँगै ईजालासमा नबस्ने अडान लिएका छन् । सर्बोच्च अदालत भित्रको झगडाले ‘साँढेको जुधाई, बाच्छाको मिचाई’ भन्ने उक्ति सार्थक भइदिदा न्याय सम्पादनमा समस्या खडा हुँदा बषौंदेखि न्यायको पर्खाइमा रहेका पीडित नागरिकहरु भने समस्यामा परेका छन् । उनीहरुले सरोकारवाला पक्षहरु बसेर छलफल गरी सर्बोच्च अदालत भित्रको गतिरोध अन्त्य गर्न आग्रह गरिरहेका छन् । कतिपय मानिसहरुले भने सर्बोच्च अदालत भित्र देखिएकै गतिविधिलाई ‘हग्नेलाई भन्दा देख्नेलाई लाज” भनेर व्यङ्ग्य गरेको देखिएको छ ।

Leave a Reply