प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरीर पेरिशडाँडामा

प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नी शोक परेको छ । उहाँकी श्रीमती तथा नेकपा (माके)की सल्लाहकार सीता दाहालको उपचारको क्रममा आज विहान ८:३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भयो । दिवंगत सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको पेरिसडाँडास्थित नेकपा (माके)को केन्द्रीय कार्यालयमा राखिएको छ र आजै अपरान्ह २ बजेपछि उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तष्टिका लागि लगिने नेकपा (माके) ले जनाएको छ ।

वि.सं. २०११ असार २२ गते कास्कीको हेम्जामा जन्मिएकी दिवंगत दाहालको २०२६ सालमा नेकपा (माके)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग विवाह भएको थियो । उहाँ २०२८ सालदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशील हुँदै आउनु भएको थियो ।

बिगत लामो समयदेखि पार्किन्सको जस्तै लक्षण देखिने अनौठो रोगबाट पीडित सीताको निधन भने हृदयघातबाट भएको चिकित्सको भनाइ छ । दिवंगत सीताको अचानक आज विहानबाट स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई स्वास्थ्य उपचारका लागि विहान ८ बजे नर्भिक अस्पताल पु-याइएको थियो । त्यसको आधा घण्टा बित्तानबित्तै उहाँलाई सो अस्पतालले मृत घ‍ोषणा गरेको बताइएको छ ।

Leave a Reply