बरिष्टतम न्यायधीश मीरा खड्काको अवकास, हरिकृष्ण कार्की बरिष्टतम न्यायधीश

काठमाडौं/ सर्वोच्च अदालतकी बरिष्ठतम न्यायधीश मीरा खड्काको ६५ वर्षे उमेर हदका कारण आजबाट अबकास भएको छ ‌‌। आजबाट अवकास हुने भएपछि उहाँ गत बिहीबारबाट बिदा बस्नु भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । बरिष्ठतम न्यायधीश खड्काको अवकास भएसँगै न्यायधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको बरिष्टतम न्यायधीश बन्नु भएको छ । यससँगै उहाँ न्याय परिषदको सदस्य पनि बन्नुभएको छ ।

२८ वर्षको उमेरमा २०३८ सालमा शाखा अधिकृत भएर निजामती सेवामा प्रवेश गर्नु भएकी अवकास हुनु भएकी बरिष्टतम न्यायधीश खड्का जिल्ला अदालत, पुनरावेदन तथा उच्च अदालतको न्यायधीश हुदै सर्वोच्च अदालतको न्यायधीश बन्नुभएको थियो । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले पदीय मर्यादा बिपरीतको आचरण गरेको भन्दै उहाँ बिरुद्ध नेपाल बार एशोसिएसनको अगुवाईमा कानून व्यवसायीहरुले गत कार्तिकबाट ४ महिनासम्म गरेको विरोध प्रदर्शन र गत फागुनमा सांसदहरुले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायधीश जबरा निलम्वनमा पर्नुभयो । त्यससँगै सर्वोच्च आदालतका बरिष्ठतम न्यायधीश दीपककुमार कार्की सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश बनेपछि न्यायधीश मीरा खड्का बरिष्ठतम न्यायधीश बन्नु भएको थियो ।

आजबाट बरिष्टतम न्यायधीश बन्नुभएका हरिकृष्ण कार्की भने कानुन व्यवसायीबाट सर्वोच्च अदालतको न्यायधीश बन्नुभएको थियो । प्रगतिशील कानुन व्यवसायी खेमाको नेतृत्व गर्दै उहाँ नेपाल बार एशोसिएसनको अध्यक्ष निर्वाचित हुनुभएको थियो तर नेपाल बार एशोसिएसनको अध्यक्षको कार्यकाल नसकिदै कार्की २०७२ साल माघमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा केही महिना महान्यायधिवक्ता बन्नुभएको थियो । त्यही अवधिमा उहाँ सर्वोच्च अदालतको न्यायधीश बन्नुभएको थियो । त्यस्तो अप्रत्याशित घटना घटेन भने उहाँ यही वर्षभित्र प्रधानन्यायधीश बन्ने निश्चित छ ।

Leave a Reply