बागमतीमा मृत भेटिए भट्टराई

बागमती खोलामा काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीनगरका अञ्दाजी ५५ वर्षीय बैजु भट्टराई मृत भेटिए । आज दिउसो काठमाडौंको कोटेश्वर- सहयोगीनगर-शंखमुल ज‍ोड्ने बागमती-मनोहरा द‍‍ोभानपुल नजिकै पत्करले छ‍ोपिएको अवस्थामा भट्टराईको शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन । मृतक भट्टराईको टाउकोमा चोट लागेको र चोट लाागेको ठाउँबाट रगत बगेको देेखिएको एक प्रत्यक्षदर्शीको भनाइ छ । दिवंगत भट्टराईको पार्थिव शरीर पोष्टमार्टमको लागि प्रहरीले लगेको छ । उनको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *