भानुभक्त निरौला सबैभन्दा लामो रेडियो अन्तर्वार्ता लिने विश्वकै पहिलो रेडियो पत्रकार

काठमाडौं/ सोलुखुम्बुको सल्यानका जन्मिएका पत्रकार भानुभक्त निरौला सबैभन्दा लामो रेडियो अन्तर्वार्ता लिने विश्वकै पहिलो पत्रकार बन्नु भएको छ । पत्रकार निरौलाले ‘पर्यटन र जलवायु परिवर्तनको असर’ विषयमा पर्यटनविद् आङफिञ्जो शेर्पासँग २५ घण्टा २७ मिनेट लामो अन्तर्वार्ता लिनु भएको हो । बिगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील निरौलाले पर्यटनविद् शेर्पासँग काठमाडौं चावहिलस्थित हिमाल एफ.एम.को शाखा स्टुडियोमा २०७८ कार्तिक २२ गते सोमबार बिहान ७:३५ बजेदेखि २०७८ कार्तिक २३ गते मंगलबार बिहान ९:०३ बजेसम्म निरन्तर अन्तर्वार्ता लिनु भएको थियो । यस अघि अष्ट्रेलियाका रेडियो पत्रकार रिचार्ड ग्लोभलले खेलाडी पिटर फिट्जसिमनको २४ घण्टा लामो रेडियो अन्तर्वार्ता लिनु भएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका युवा पत्रकार निरौला हिमाल एफ.एम.का प्रबन्ध निर्देशकका साथै रेडियो कान्तिपुर , कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकको मोसफल प्रतिनिधिको रुपमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply