महाअभियोग प्रस्ताव गर्नेहरुले नै छानविन गर्दा स्वार्थ बाझिन्छ : जबरा

निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग प्रस्ताव गर्नेहरुले नै समितिमा बसेर छानविन गर्दा स्वार्थ बाझिने भएकोले त्यस समितिको निष्पक्षता माथि नै प्रश्न उठाउनुभएको छ । संघीय संसदको महाअभियोग सिफारिस समिति समक्ष आज दोश्रो दिन बयान दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । बिहान ११ बजे नै बयान दिन पुगेका जबराले महाअभियोग सिफारिस समितिले सोधेका २ वटा प्रश्नको जवाफ दिनु भएको बताइएको छ । यससँगै आज उहाँसँग बयान लिने कार्य सकिएको र अर्को बयानका लागि यही भदौ १९ गते तय भएको जनाइएको छ । योसँगै महाअभियोग सिफारिस समितिले तयार गरेको ४३ वटा मध्ये ६ वटा प्रश्नको निलम्वित प्रधानन्यायधीश जबराले जवाफ दिनु भएको छ । उहाँले बयान दिने क्रममा आफ्नो बचाउ गर्ने भन्दा पनि पनि आक्रमक बन्नु भएको कतिपय जानकारहरु बताउछन् । निलम्वित प्रधानन्यायधीश जबराले बया दिने क्रममा उठाएका सवालले समस्या थप पेचिलो बन्ने उनीहरुको भनाई छ । उहाँले ‘आफै महाअभियोग प्रस्ताव गर्ने , आफै समितिमा बसेर छानविन गर्ने र आफै न्याय दिने कार्य निष्पक्ष हुन नसक्ने र यो कार्य प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ’, भन्नुभयो । महाअभियोग सिफारिस समितिका सदस्यहरुले भने उहाँ माथिको छानविन निष्पक्ष हुने बताएका छन् ।

Leave a Reply