श्री नव युवा समाज क्लव, बालकोटको आयोजनामा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका-३, बालकोटमा रहेको श्री नव युवा समाज क्लवको आयोजनामा स्वास्थ्य शिशीर तथा तथा रक्तदान कार्यक्रम सम्पन्न भयो । यही फागुन २८ गते शनिवार विहान ११:०० बजेदेखि दिउसो ३:०० बजेसम्म बालकोटस्थित भिजन पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको थियो । सूर्यविनायक नगरपालिका वडा नं.३ का वडाध्यक्ष प्रभुभक्त माडी श्रेष्ठको प्रमुख आतिथ्यता र सोही क्लवका अध्यक्ष बलराम सिलवालको अध्यक्षतामा सम्पन्न कार्क्रममा नेपाल रेडक्रस सोसाइटी बालकोट उप-शाखाको प्राविधिक सहयोग रहेको थियो । स्थानीयबासी लगायतको उल्लेख्य सहभागिता रहेको त्यस कार्यक्रममा सहभागीहरुको हाडजोर्नी , वालरोग लगायतको नि:शुल्क जाँच गरिएको थियो । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन भएको त्यस कार्यक्रममा सहभागीहरुले गुरजुको चिया नि:शुल्क सेवन गरी लाभ लिनु भएको थियो ।

वरिष्ठ पत्रकार तथा समाजसेवी कबिर राणा , प्राज्ञिक नेपालका अध्यक्ष तथा समाजसेवी कृष्णमुरारी न्यौपाने र समाजसेवी सन्तोष सिलवाल लगायतको सहभागिता रहेको उक्त स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम उपलब्धीमूलक भएको प्रमुख अतिथि श्रेष्ठ सहितका सहभागीहरुले बताउनु भएको थियो । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, बालकोट उप-शाखाका अध्यक्ष दिवाकर सिलवाल , श्री आरोग्य मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि., भक्तपुर , श्री कम्युनिटी हेल्थ केयर सेन्टर प्रा.लि. बालकोट, भक्तपुर तथा श्री आन्तरिक राजश्व कार्यालय धुलिखेलमा कार्यरत कर अधिकृत , सामाजिक अभियन्ता र गुरजु वनस्पति विज्ञ कमलबहादुर रजवटाले विशेष सहयोग गर्नु भएको उक्त कार्यक्रममा भक्तपुरको दधिकोट स्थित अरनिको मा.वि.का विद्यार्थीहरुले स्वयंसेवकको रुपमा सहयोग गरेका थिए ।

Leave a Reply