सन्दीप लामिछानेलाई विदेश जान अदालतको अनुमती

सर्वोच्च अदालतले नाबालिका बलत्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई विदेशमा क्रिकेट खेल्न जान अनुमती प्रदान गरेको छ । न्यायधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजालासले उच्च अदालत पाटनले गरेको सन्दीप लामिछानेलाई २० लाख रुपैया धरौटीमा छोडी आफू विरुद्ध लागेको नाबालिका बलात्कारको मुद्धा बाहिरै बसेर लड्न पाउने आदेशलाई सदर गरेको छ । योसँगै सन्दीप लामिछानेलाई विदेशी भूमिमा क्रिकेट खेल्न जान बाटो खुलेको छ ।

उच्च अदालत पाटनले गरेको सो आदेशको विरुद्ध महान्यायधिवक्ता कार्यालयले सन्दीप लामिछानेलाई थुनामै राख्नु पर्ने माग गरी सर्वोच्च अदालतमा दायर गरेको रिट तथा सन्दीप लामिछानेले आईसीसी क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने माग गरी सर्वोच्च अदालतमा पेश गरेको निवेदन माथि एक साथ हिजो र आज बन्द इजालासमा सुनुवाई गरी फैसला गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *