सप्तकोशी नदीमा पानीको बहाब बढ्यो, डुबानका कारण विराटनगरका विद्यालय ३ दिन बन्द

इनरुवा/ मंगलबारदेखिको निरन्तरको भारी बर्षाले सप्तकोशी नदीको बहाब बढेको छ , जसका कारण सो नदीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षाका लागि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको जानकारी प्राप्त भएको छ ।

भारी वर्षाका कारण झापा , मोरङ , सुनसरी लगायत तराईका विभिन्न भूभाग प्रभावित बनेको बताइएको छ । विराटनगर , इटहरीका कतिपय भूभागमा डुवान भएको छ , डुवानकै कारण आजदेखि असार १७ गतेसम्म ३ दिन विराटनगरका विद्यालय बिदा गरिएको जनाइएको छ ‌

Leave a Reply