सर्वोच्च अदालतका न्यायाधीशहरुले लगातार इजालास बहिस्कार गरेसँगै बढ्दै छ जन आक्रोस

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले राजिनामा नदिएसम्म उनले तोकेको इजालासमा नबस्ने भनेर सर्वोच्च अदालतका न्यायधीशहरुले गत हप्तादेखि लगातार इजालास बहिस्कार गरिरहेका छन् । यसैगरी प्रधानन्यायधीश जबराको राजिनामा र न्यायलय सुधारको माग गर्दै नेपाल वार एसोसिएशनले सर्बोच्च अदालतमा मुद्धाको बहस नगर्ने लगायतका विरोधका कार्यक्रम गरिरहेको छ । त्यसको कानुन व्यवसायीहरुले समर्थन र विरोध गरिरहेका छन् , त्यही अनुरुप सर्वोच्च अदालतमा अधिवक्ताहरु बीच कूटाकुट भएको छ ।

सर्वोच्च अदालतका न्यायधीशहरुको लगातारको इजालासमा नबसेपछि बिस्तारे त्यसको बिरोधमा जन-आक्रोस बढ्दे गएको छ । विरोध गर्नेहरुले संविधानले निर्दिष्ट गरेको पदीय जिम्मेवारी पूरा नगरी घाम तापेर दिन कटाउदै आएका न्यायाधीशहरुले इजालासमा नबसेको दिनको तलव भत्ता लगायतका राज्यको सुविधा लिन नहुने बताइरहेका छन् भने कतिपयले प्रधानन्यायधीश जबराले मात्रै होइन उनले तोकेका इजालास अवज्ञा गर्ने न्यायाधीशहरु सर्वोच्च अदालतमा न्यायधीश हुन योग्य नरहेकोले उनीहरुले पनि राजिनामा दिनु पर्ने बताइरहेका छन् । यता सडकमा विरोध भएकै भरमा प्रधानन्यायधीश जबराले राजिनाम गर्न नपर्ने आवाज पनि उठिरहेको देखिएको छ ।

उता प्रधानन्यायधीश जबरा पनि सुरक्षित अवतरणको लागि मध्यमार्गी बाटोको खोजीमा रहेको बताइएको छ। प्रधानन्यायधीश जबराले हिजो आफ्नो विरोधमा रहेका न्यायधीशहरुले बार्ताका लागि पठाएका ३ जना न्यायधीशसँगको छलफलमा बिकल्प प्रस्तुत गरेको जनाइएको छ ।

यदि जबरा प्रधानन्यायधीश पदबाट हटेमा त्यसपछिको प्रधानन्यायधीशको रोलक्रममा रहेका न्यायाधीशले न्यायपालिकाको नेतृत्व कसरी गर्ने र न्यायलय सुधारको लागि के गर्ने गर्ने भन्ने कार्ययोजना देखिएको छैन ।

Leave a Reply