सर्वोच्च अदालत परिसरमा अधिवक्ता बीच कुटाकुट

काठमाडौं/ सर्वोच्च अदालत परिसरमा आज दिउसो २ जना अधिवक्ता बीच कुटाकुट भएको छ । नेपाल बार एसोसिएसनले इजलास बहिस्कार गर्दै गर्दा अधिबक्ता द्वय विराट न्यौपाने र खिमानन्द चुँडाल बीच त्यसै विषयलाई लिएर विवाद हुदै गएर कुटाकुट भएको देखिएको थियो । दुबैले एक अर्कालाई लात्ती र थप्पड हानेका थिए । दुई अधिवक्ता कुटाकुट गर्न थालेपछि नजिकै रहेका अरु कानुन व्यवसायीहरुले ती दुईलाई छुट्याएका थिए । दुबै अधिवक्ताले यो कुटाकुट हुनुमा आफू दोषी नभएको बताएका छन् ।

Leave a Reply