सहकारी अभियान्ता महर्जन बागमती प्रदेश सभा सदस्यमा उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वार बन्न सहकारी अभियान्ताहरु पनि आकांक्षी देखिएका छन् । यसैक्रममा बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष तथा स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जगतलाल महर्जन पनि बागमती प्रदेश सभा सदस्य पदमा उम्मेद्वार बन्न आकांक्षी देखिनु भएको छ ।

नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं.३(क) प्रदेश सभा समिति उप-सभापति समेत रहनु भएका महर्जनको ललितपुर जिल्ला क्षेत्र नं.३(क) को प्रत्यक्ष तर्फबाट बागमती प्रदेश सभा सदस्य पदको उम्मेद्वारीको लागि नेपाली कांग्रेस, बागमती प्रदेश , क्षेत्र र ललितपुर जिल्ला कार्य समितिले केन्द्रमा सिफारिस पठाएको जनाइएको छ ।

Leave a Reply