सामाजिक सञ्जालमा जथाभावी भ्रामक प्रचार गर्नेलाई साइबर व्युरोले कार्वाही गर्ने

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जथाभावी भ्राभमक प्रचार गर्नेलाई कारवाही गर्ने बताएको छ । सो व्युरोले कुनै त्यस्तो सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ । उक्त व्युरोले ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर मृगौला , आँखा लगायतका शरीर अङ्गहरु झिकी बिक्री गर्ने गरेको’ भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिका तस्विरहरु समेत सम्लग्न गरी सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको छ र सामाजिक सञ्जालमा पोष्ट भए झैं कुनै पनि उजुरी/सूचना देशभरका कुनै पनि प्रहरी कार्यालयमा कुनै पनि माध्यमबाट प्राप्त नभएको जनाएको छ ।

Leave a Reply