हेलिकप्टरमा २ पाइलटको विषयमा नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा सञ्चालक बीच जुहारी

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणले सिङ्गल इञ्जिनका हेलिकप्टरमा २ पाइलट अनिवार्य गरेसँगै सो प्राधिकरण र वायुसेवा सञ्चालक संघ बीच जुहारी चलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको पहाडी क्षेत्रमा दुर्घटनाको जोखिम बढी रहेको भन्दै हवाई सुरक्षाका लागि सिङ्गल इञ्जिनका हेलिकप्टरमा पनि २ पाइलट जरुरी भएको बताएको छ तर वायुसेवाको सञ्चालक संघका पदाधिकारीहरु भने ठूला हेलिकप्टरमा २ पाइलट सम्भव भएपनि भने सिङ्गल इञ्जिनका हेलिकप्टरमा २ पाइलट सम्भव नहुने बताउछन् । सिङ्गल इञ्जिनका हेलिकप्टरमा ९ सीट मात्रै हुने भएकोले त्यस दुई पाइलट हुँदा उनीहरुलाई तलव दिन मुस्किल पर्ने उनीहरुको भनाई छ ।

छ । यता सरोकारवालाहरु भने हवाइ जहाज तथा हेलिकप्टरमा राम्रो पाइलट सँग उडानका लागि उपर्युक्त मौसम सहितको वातावरण लगायतका विषय आवश्यक रहेकोले त्यसमा विशेष ध्यान दिनु जरुरी रहेको बताउछन् ।

यही आइतबार विहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना भएपछि सिङ्गल इञ्जिनका हेलिकप्टरमा पनि २ पाइलट अनिवार्य गर्नु पर्ने विषय अगाडि आएको छ ‌। तारा एयरको जहाज दुर्घटनाको यथार्थ कारण त बाहिर आइसकेको छैन तर धेरैले भने यो दुर्घटना प्रतिकूल मौसमका कारण भएको हुन सक्ने अनुमान गरेको देखिएको छ ।

Leave a Reply