हेवा खोलामा आएको बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति

गए राातीको अविरल वर्षातले हेवा ख‍ोलामा आएक‍ो बाढीले संखुवासभा र पाँचथरमा जनधनको क्षति पु-याएको प्रहरीले जनाएको छ ।

संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको बीचमा रहेको हेवा खोलामा आएको बाढीले सो खोला आसपासको बेशींका ७ वटा घर बगाउनुका साथै १ जनाको निधन भएको जनाइएको छ । अपर हेवा खोला हाइड्रो पावरमा कार्यरत १ जना श्रमिक पाँचखपन नगरपालिका-५ मा मृत भेटिएका र त्यही कार्यरत अरु ४ जना सम्पर्क विहीन रहेको स्थानीयले बताएका छन् । यसैगरी सोही खोलामा आएको बाढीका कारण चैनपुर नगरपालिका-४,मा निर्माणाधिन सुपर हेवा हाइड्र‍ो पावरमा कार्यरत १९ श्रमिक मध्ये १६ जना सम्पर्क विहीन रहेका बताइएको छ । त्यहाँ कार्यरत ३ जनाको भने उद्धार गरिएको र सम्पर्क विहीन रहेका सबैको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । बाढीले चैनपुर – पाँचखपन ज‍ोड्ने हेवा ख‍ोलाको निर्माणाधिन म‍ोटरेवल पुल लगायतमा क्षति पु-याएको प्राप्त समाचारमा उल्लेख छ ।

अविरल वर्षातका कारण संखुवासभाक‍ो हेवा , पिलुवा लगायतका खोलामा बाढी आएको बताइएको ।

यता पाँचथरको हेवा खोलामा पनि आएको बाढीले बगाउदा ५ जना बेपत्ता भएको जनाइएको छ ।

Leave a Reply