समानुपातिक तर्फको मतगणना पनि सकियो, ७ दल राष्ट्रिय पार्टी बन्दा नेकपा (एस) र नाउपा राष्ट्रिय दल बन्न सकेनन्

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि सकिएको र त्यसलाई अहिले प्रविष्ट गर्ने कार्य भइरहेको निर्वाचन आयोग, नेपालका अधिकारीहरुको भनाई छ । छ । खसेको कुल १,०५,६०,०६७ मत गणना गर्दा समानुपातिक तर्फ प्रत्यक्षमा ४४ सिट जितेको नेकपा (एमाले) पहिलो ,५७ सिट जितेको नेपाली कांग्रेस दोश्रो , १८ सिट जितेको नेकपा (माके) तेश्रो, ७ सिट जितेको रास्वपा चौथो , ७ सिट जितेको राप्रपा पाचौँ , ७ सिट जितेको जसपा, नेपाल छैटौँ र १ सिट जितेको जनमत पार्टी पार्टी सातौँ बनेर थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका छन् तर प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा (एस) , ४ सिट जितेको लोसपा र ३ सिट जितेको नाउपा , १ सिट जितेको नेमकिपा र १ सिट जितेको राजमो समानुपातिकतर्फ ३ प्रतिशत मत नकटाउदा राष्ट्रिय दल बन्न सकेनन् , जसका कारण ती दलहरुले समानुपातिक तर्फ कुनै सिट नपाउने संवैधानिक र कानुनी व्यवस्था छ ।

……………………………………………………………………….

………………………………………………………………………….

थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका ७ वटा राजनीतिक दलले फाउने सिट संख्या बारेमा निर्वाचन आयोगले औपचारिक कुनै जानकारी दिएको छैन तर ती दलहरुले पाएको मतका आधारमा समानुपातिक तर्फ नेकपा (एमाले)ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माके)ले २४, रास्वपा १३ , राप्रपा ७ , जसपा,नेपाल ५ र जनमत पार्टीले ५ सिट पाउन सक्ने सम्भावना रहेको जानकारहरु बताउछन् ।

समानुपातिक सिटका लागि दलहरुलाई चिट्ठी लेख्तै निर्वाचन आयोग

संविधान र कानुनमा भएको व्यवस्था बमोजिम थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरुलाई प्रतिनिधि सभा र प्रदेश सभामा उनीहरुले पाउने समानुपातिक सिटमा ३ दिन भित्र क्लष्टर मिलाएर सिफारिस गर्न बुधबार पत्र पठाउने गरी कार्य भइरहेको निर्वाचन आयोग,नेपालका अधिकारीहरुको भनाई छ । राजनीतिक दलहरुले सिफारिस गरेर पठाएको समानुपातिक सिटमा यदी क्लष्टर नमिलेमा त्यसलाई सच्याउन राजनीतिक दलहरुलाई थप २ दिनको समय उपलब्ध गराउने बताइएको छ ।

Leave a Reply