सम्झनामा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया

लामो समयदेखि अस्पताल भर्ना भएर उपचाररत बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री तथा बंगलादेश नेशनालिष्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको बंगलादेशको स्थानीय समय अनुसार आज विहान ६ बजे ८० वर्षको उमेरमा निधन भयो । बंगलादेश नेशनालिष्ट पार्टीले आफ्नी नेतृ जियाको निधन भएको दु:खद खबर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिि गरेको थियो । गत मध्यराती उनको स्वास्थ्य अवस्था निकै नाहाजुक रहेको चिकित्सकले जानकारी गराएको खबर पनि सार्वजनिक भएको थपयो ।

सन् १९७१ मा पाकिस्तानबाट पूर्वी पाकिस्तान अलग्गिए बंगलादेश बनेको २० वर्षपछि सन् १९९१ मा खालिदा जिया बंगलादेशमा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् १९९१ देखि सन् १९९६ सम्म र सन् २००१ देखि सन् २००६ सम्म बंगलादेशको प्रधानमन्त्री बनेकी जिया बंगलादेशको प्रथम महिला प्रधानमन्त्री हुन् । उनले सन् १९८४ यता बंगलादेश नेशनालिष्ट पार्टीको नेतृत्व गर्दै आएकी थिइन् ।

तत्कालीन पाकिस्तानका सेनाका क्याप्टेन जियाउर रहमानसँग सन् १९६० मा खालिदा जियाको विवाह भएको थियो । जियाका पति जियाउर रहमान सन् १९७७ देखि सन् १९८१ सम्म बंगलादेशको राष्ट्रपति बनेका थिए । राष्ट्रपति भएकै समयमा सन् १९८१ मा पतिको हत्या भएपछि सन् १९७८ मा आफ्नै पतिको नेतृत्वमा स्थापना भएको बंगलादेश नेशनालिष्ट पार्टीभित्र संकट उत्पन्न हुँदा खालिदा जिया राजनीतिमा आएको जानकारहरु बताउछन् । उनी पतिको विरासतबाट भन्दापनि आफ्नै क्षमताले नेता भएर दुई पटक गरि १० वर्ष बंगलादेशको प्रधानमन्त्री र बीएनपीको ४२ वर्षदेखि नेतृत्व गरेको बताउछन् । पतिको हत्यापछि दुई छोराको लालनपालनको एक्लै जिम्मेवारी बहन गरेकी जिया पाकिस्तानीकी पूर्व प्रधानमन्त्री बेनिजिर भुट्टोपछि प्रधानमन्त्री बनेेकी दोश्रो मुस्लिम महिला हुन् । बंगलादेशमा उनले राष्ट्रपतिय प्रणालीबाट संसदीय शासन प्रणालीको जग बसाउन महत्वपूर्ण योगदान गरेको बताइन्छ ।

पछिल्ला निर्वाचन बहिस्कार गरेको बीएनपी अध्यक्ष खालिदा जियालाई बालबालिका सम्बन्धी काम गर्ने एउटा संस्थालाई दिएको रकममा भ्रष्टाचार गरेको आरोपमा सन २०१८ मा पक्राउ गरिएको थियो । जेल परेसँगै उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको बताइएको थियो । सन् २०२५ अगष्टमा शुरु भएको विद्यार्थी आन्दोलनबाट अवामी लिगकी नेतृ सेख हसिना वाजेद नेतृत्वको सरकार ढलेपछि उनी जेलबाट रिहा भएकी थिइन् । त्यसयता उनी उपचारका लागि अस्पताल धाउदै आएकी थिइन् ।

उनका तारिक रहमान र अराफत रहमान गरि दुई छोरा छन् । उनका जेठा छोरा तारिक १७ वर्षको निर्वासनपछि ५ दिन अघि बंगलादेश फर्किएर बीएनपीको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनी अब हुने चुनावपछि बंगलादेशको भावी प्रधानमन्त्री बन्न सक्ने अड्कलबाजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *