सरकारले सहकारीलाई पक्षपातपूर्ण व्यवहार गरेको छ : ओमदेवी मल्ल

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्लले सरकारले सहकारीलाई पक्षपातपूर्ण व्यवहार गरेको बताउनुभएको छ । ११४औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० फाल्गुण २४ गते जिल्ला सहकारी संघ लि.,काठमाडौंले आफ्नै कार्यालयको सभाहलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास र महत्व तथा सहकारीको गतिविधि लगायतको समसामयिक विषयमा चर्चा गर्नुभयो । उहाँले ५०० वटा सहकारीले साना र मझौला उद्योग सञ्चालन गरिरहेको विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा जिल्ला सहकारी संंघ लि.,काठमाडौंका अध्यक्ष सुमन के.सी.ले आफै भित्र इच्छाशक्ति नभएमा आरक्षणले मात्रै नेतृत्व विकास हुन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले महिलाले सञ्चालन गरेका सहकारीको अवस्था राम्रो रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै सोही संंघकी उपाध्ययक्ष अमरावती बलामी महर्जनले अन्तर्राष्ट्रिय नारी दिवसको ईतिहास र नेपालको सहकारी अभियानबाट नेतृत्वको विकास गरेका महिलाहरु महत्वपूर्ण सार्वजनिक पदमा पुगेको केही उदाहरण सहितको पेपर प्रस्तुत गर्नुभएको थियो । सो संंघकी सञ्चालक सीता घिमिरेले सञ्चालन र त्यसै संंघकी सञ्चालक सपना अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सहकारी संंस्थाका महिला सहकारीकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको नारा ‘महिलामा लगानी : समुन्नत समाजको थालनी’ रहेको छ

Leave a Reply