सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभासद कृष्ण थापालाई दिएको अन्तरिम आदेश खारेज

राष्ट्रिय जनमोर्चाले कारवाही गरेका आफ्ना गण्डकी प्रदेश सभासद कृष्ण थापा माथि गरिएको कारवाही कार्यान्वयन नगर्न आफैले यस अगाडि दिएको अन्तरिम आज सर्वोच्च अदालतले आज खारेज गरेको जनाइएको छ । सर्वोच्च अदालतका न्यायधीसद्वय कुमार रेग्मी र विश्वम्भर श्रेष्ठको संयुक्त इजालासले उक्त निर्णय गरेको हो । यस सँगै पार्टीको ह्विप उलंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई गण्डकी प्रदेश सभासदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन हुने छ तर मुद्धा भने चलिरहेको छ । गण्डकी प्रदेश सभासदबाट मुक्त भएपछि आफ्नो ढोका ढक्ढक्याएका थापालाई सर्वोच्च अदालतले पद थमौतीको लागि अन्तरिम आदेश दिने र फेरि सो अन्तरिम आदेश खारेज गरेको कार्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेश सभासद थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत लिदा पार्टीको ह्विप उलंघन गर्नु भएको थियो । जसका कारण उहाँलाई राष्ट्रिय जनमोर्चाले दोस्रो पटक कारवाही गरेको थियो ।

Leave a Reply