सवारी चालक अनुमतीपत्रको राजश्व भुक्तानी अनलाइनबाट

भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालयले आजदेखि सवारी चालक अनुमतीपत्रको राजश्व भुक्तानी अनलाइन सेवाबाट गर्ने प्रणालीको सञ्चालन आरम्भ गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बुढाथोकीले यातायात व्यवस्था विभागले तयार गरेको पोर्टलको लिङ्क ख‍ोलेर सो सेवा शुभारम्भ गर्नुभयो ।

आजबाट शुभारम्भ यो सेवा पोखराको यातायता कार्यालयमा परीओणको रुपमा शुरु गरिएको र परीक्षणकालमा समस्या देखिए त्यसलाई समाधान गरी १ महिना भित्र यो सेवा सबै यातायात कार्यालयमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताउनुभयो । सवारी अनुमतीपत्रको नवीकरण १० मा गर्ने व्यवस्था गरिने मन्त्री ज्वालाको भनाइ छ ।

सवारी चालक अनुमतीपत्रको राजश्व भुक्तानी अनलाइन सेवाबाट हुन थालेसँगै यातायात कार्यालयमा बिचौलियाको चलखेल कम हुने मन्त्री ज्वालाको विश्वास छ ,

Leave a Reply