सहकारीका समस्या समाधान नियन्त्रण र निषेधको व्यवस्थाले हुदैन : लाखाजु

भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपर नगर समन्वय उप-समितिद्वरा आयोजित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामकीय मापदण्ड, २०८२ विषयक अन्तरक्रिया कार्यक्रम २०८२ जेठ ३१ गते शनिबार सो संघको सदस्य संस्था भक्तपर बचत तथा ऋण सहकारी संस्था लि., कमलविनायको सभाहलमा सम्पन्न भयो । कार्यक्रममालाई सम्बोधन गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समेत रहेका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले नियामकीय मापदण्ड सहकारी संस्थाको नियमन गर्नकै लागि जारी भएको हुँदा यसमा सहकारी प्रवर्द्धन र सम्बर्दनका व्यवस्था नहुनु स्वभाविक रहेको बताउनुभयो । सहकारी विकृतीको समस्याको समाधान नियन्त्रण र निषेधको व्यवस्था गरेर नहुने स्पष्ट पार्दे सहकारीलाई कमजोर र संकुचित बनाउने गरी जारी मापदण्डका व्यवस्थाहरुको तत्काल संशोधन हुनुपर्ने उहाँको भनाई थियो । उहाँले सहकारी अभियानलाई कमजोर र संकुचित हुने गरी जारी मापदण्डको परिमार्जनका लागि सहकारी अभियानले पहिलो चरणमा सम्बन्धित निकायमा लविङ्ग गरिरहेको बताउनुभयो । उहाँले यसबाट पनि मापदण्ड संशोधन नभएमा मापदण्डको भद्र अवज्ञ गरी आन्दोलन सहित कानुनी उपचारमा जाने योजना रहेकोले सबैको साथ, सहयोग र समर्थनका लागि आह्वान गर्नुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता गर्दै सो संघका सचिव जगनाथ प्रजापतिले हाल जारी मापदण्डकोबारे सदस्यलाई सूचित गर्न यो अन्तरक्रिया कार्यक्रम राखेको बताउनुभयो ।

कार्यक्रममा सोही संघका प्रमुख कार्यकारी अधिकृत

बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामकीय मापदण्ड, २०८२ विषयको प्रस्तुती गर्दै सहकारी ऐन नियमसँग बाँझिने गरी बनाएका निर्देशन तथा मापदण्ड स्वत: निश्कृय हुने विचार व्यक्त गर्नुभयो । सहकारी सुशासनका कतिपय व्यवस्था सकारात्मक हुदाँ हुदै सहकारीलाई वित्तीय कारोबार गर्ने बैंकको रुपमा मात्र जारी मापदण्डको अव्यवहारिक व्यवस्थाले सहकारी सञ्चालनमा चुनौती थपेको उहाँले बताउनुभयो । उहाँले सहकारी ऐन कानुनको परिपालना बाहेकको अन्य विकल्प नभएकोले संस्थाहरुले कानुन सम्मत कार्यपद्धती तथा कार्यशैली अपनाउदै जानुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा भक्तपर नगरका सदस्य संस्थाहरुबाट ६८ जनाको सहभागी थियो । सो कार्यक्रम सञ्चालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *