सहकारीको सिद्धान्त अनुसार चलेका सहकारी संघ/संस्थाको खाताबन्दी उत्साहपूर्वक सम्पन्न

सहकारीको बारेमा नकारात्मक चर्चापरिचर्चा भइरहेका बेला सहकारीको सिद्धान्त, मूल्य र मान्यता अनुसार चलेका सहकारी संघ/संस्थाहरुको आर्थिक वर्ष २०७९/०८० को खाताबन्दी (Closing) भने उत्साहजनक ढंगबाट सम्पन्न भएको देखिएको छ । यसले ती संघ/संस्थाहरुका सदस्यहरुमा पुन: आशाको सञ्चार गर्नुका साथै एकाध घटनालाई लिएर समग्र सहकारी अभियान माथि अशर पर्ने गरि गतिविधि गरिरहेकाहरुलाई राम्रोसँग जवाफ दिएको सरोकारवालाहरुको भनाइ छ ।

यता सहकारीको आवरणमा अर्थोकै कामधन्दा गरेका एकाध सहकारी संस्थामा भने समस्या रहेको जानकारहरु बताउछन् । समस्यामा परेका ती सहकारी संस्थाका सदस्यहरु मिलेर बनाएको सरकारी बचत पीडित महासंघले समस्यामा परेका संस्थाका सदस्यहरुको बचत फिर्ताको माग गरि काठमाडौंको माइतीघर मण्डलामा विर‍ोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले हिज‍ो पनि त्यहाँ विर‍ोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *