सरोकारवालाहरुले सहकारी क्षेत्रका समाधानका लागि सुझाव पेश गर्न नेपाल सरकार, मन्त्रीपरिषदले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,२०८० ले नेपाल सरकारलाई बुझाएको अन्तरिम प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन् । सो कार्यदलले सहकारी क्षेत्र सुधारका लागि नेपाल सरकारलाई २७ बुँदे सुझाव सहितको अन्तरिम प्रतिवेदन बुझाएको यही असार २८ गते जारी गरिएको प्रेस विज्ञप्तिमन उल्लेख छ ।









