सहकारी सुधारका लागि नागार्जुन नगरपालिकालाई जिल्ला सहकारी संघ लि.,काठमाडौंको प्रतिनिधि मण्डलको ध्यानाकर्षण

सहकारी सुधारका लागि काठमाडौंको नागार्जुन नगरपालिकालाई जिल्ला सहकारी संंघ लि.,काठमाडौंको प्रतिनिधि मण्डलले ध्यानाकर्षण गरेको छ । २०८० माघ २५ गते बिहीबार उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष समेत रहेकी जिल्ला सहकारी संंघ लि., काठमाडौंकी उपाध्यक्ष अमरावती बलामी महर्जनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतलाई भेटेर ध्यानाकर्षण गरेको थियो । सोही अवसरमा उक्त प्रतिनिधि मण्डल र नागार्जुन नगरपालिकाका नगरप्रमुख बस्नेतबीच सहकारी सुधारका बारेमा छलफल भएको थिय‍ो । छलफलमा नागार्जुन नगरपालिकाका नगरप्रमुख बस्नेतले

नागार्जुन नगरपालिकाले आगामी दिनमा सहकारीलाई अनुशासनमा ल्याउन ३ जना सीए (CA) खटाएर यस नगरपालिका भित्रका सहकारीहरुको अडिट गर्ने योजना रहेको बताउनुभयो ।

त्यस अवसरमा जिल्ला सहकारी संंघ लि.,काठमाडौंकी उपाध्यक्ष महर्जनले

‘हालको सहकारीको अवस्थालाई न्युनिकरण गर्न र सुधारको पाट‍ोमा लानको लागि स्थानीय सहकारी निकायबाट सुधार गर्न सकिन्छ भन्दै आफ्नो प्रारम्भिक संंस्था पनि नागार्जुन नगरपालिकामै रहेको र नागार्जुनकै जनतामा सहकारी व्यवसाय सञ्चालन गर्दै आएकोले जिल्ला सहकारी संघ लि.,काठमाडौंको उपाध्यक्षमा निर्वाचित भएपछि यसै नगरपालिकाबाट सुधारका कामहरु के के गर्न सकिन्छ भनी छलफल तथा पैरवी गर्न र नीति निर्माण तहबाट कर्जा सूचनाकेन्द्र व्यवस्था भएपनि त्यसको कार्यान्वयन नहुँदा गाह्रो परेको अवस्थामा स्थानीय तहबाट नै यसको शुरुवात गर्दा राम्रो हुन्छ किनकी बचत फिर्ता नपाउने पनि यहींकै जनता र ऋण नतिर्ने पनि यहींकै जनता । पीडित र पीडा दिने एउटै भोटर भएपछि न्याय माग्न त्यही नगरपालिकामा आउने भएपछि समयमै यसक‍ो व्यवस्थापन तथा समस्या न्युनिकरण गर्नको लागि व्यक्तिगत तवर र जिल्ला संघको तर्फबाट सहकार्य गर्छु’, भनी प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘वास्तबमा एउटै व्यक्तिले नगरपालिकामा भएका सबै सहकारीबाट १/१ लाख रुपैया मात्र ऋण लिएर पनि लगभग ५० लाख रुपैया होला । त्यो व्यक्तिले सो ऋण तिर्न सक्ने अवस्था छ छैन, सो विषयमा जानकार हुनुु पर्दछ, भन्नुभयो । उहाँले नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी र प्रदेशक‍ो नियमन क्षेत्राधिकार भित्र भएर नागार्जुन नगरपालिकामा कार्यालय सञ्चालन रहेको अवस्थाबारे चास‍ो दिदै यसै नगरपालिकाका जनताले दु:ख नपाउन भनेर सचेत रहन आग्रह गर्नुभयो ।

त्यस छलफलमा नागार्जुन नगरपालिकाको सहकारी विभाग प्रमुख सीता अर्याल सहितका कर्मचारी तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका सञ्चालकद्वय सपना अर्याल र जीतबहादुर लामा तामाङ लगायत सहभागी हुनुभएको थियो ।

सोही छलफलका क्रममा नागार्जुन नगरपालिकाका नगरप्रमुख बस्नेतले आउदो फाल्गुण २० गते नागार्जुन नगरपालिकाका सहकारी संंघ संस्थाहरुको आउदो बृहत् छलफल गराउन स्वीकृति प्रदान गर्नुभएको जनाइएक‍ छ ।

नागार्जुन नगरपालिकाबाट शुरु भएको यो कार्य अभियानका रुपमा काठमाडौंका सबै नगरपालिकामा गर्ने जिल्ला सहकारी संंघ लि.,काठमाडौंकी उपाध्ययक्ष महर्जनको भनाइ छ ।

Leave a Reply