सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.मा तरलता २० प्रतिशत छ : श्रेष्ठ

ललितपुरको लुभुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संंस्था लि.मा २० प्रतिशत तरलता रहेको सोही संस्थाका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७, ८, ९ र १० मा कार्यक्षेत्र रहेको हाम्रो यो संस्थामा शेयर पूँजी रु.५,७३,२३,५००, जगेडा क‍ोषमा रु.५,२४,२९,८५९, बचत संकलन रु.६१,९३,००,७६५ र ऋण लगानी रु.५५,११,४४,५४१ रहेको छ’, भन्नुभयो । आफ्ना शेयर सदस्यहरु बीच बचत र ऋण कारोबारसँगै सो संंस्थाले लुभुमा सहयोगी ग्यास डिपो , सहयोगी उपभोक्ता सुपथ मूल्य सहकारी पसल , सहयोगी अर्गानिक कृषि अध्ययन केन्द्र , सहयोगी जेष्ठ नागरिक गृह सञ्चालन गर्नुका साथै गुठी अन्तर्गत रहेर लुभुमा नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन भइरहेको वेष्ट विङ मा.वि.लाई सहयोग गर्नुका साथै त्यहाँ अध्ययनरत यस संस्थाका शेयर सदस्यहरुका छोराछ‍ोोरीलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ र सोही अनुरुप यस संस्थाले त्यहाँ अध्ययनरत ९४ जना विद्यार्थीलाई यो शैक्षिक शत्रमा छात्रबृत्ति प्रदान गरेको उहाँको भनाइ छ । यो संंस्थाले ७० वर्ष उमेर पुगेका आफ्ना जेष्ठ सदस्यहरुलाई विगतका वर्षहरुमा झै यो वर्षको साउनको अन्तिम सोमबार स्थानीय तिर्थस्थलमा तिर्थ भ्रमण गराएको थियो भने गत वर्षहरुमा झैँ यो आर्थिक वर्षभित्र नियमानुसार आफ्ना शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गर्ने यस संस्थाको योजना रहेको उहाँको थप भनाइ छ ।

२०७३ कार्तिक २२ गतेबाट ३१ जना शेयर सदस्यको रु.३१,००० शेयर पूँजीबाट सञ्चालन आरम्भ भएको यो संस्थामा १० जना कर्मचारी कार्यरत छन् भने आफ्नो भवनसँगै साँढे ९ रोपनी जग्गा छ भने ३,५८१ जना शेयर सदस्यको ८४,९८,२९,२५८ रुपैया कूल कारोबार रहेको र आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १४ प्रतिशत लाभांंश वितरण गरेको उहाँ बताउनुहुन्छ ।

सहयोगी जेष्ठ नागरिक गृहको तेस्रो वार्षिकोत्सवमा २६४ जना जेष्ठ नागरिक सम्मानित

सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि. ले सञ्चालन गरिरहेको सहयोगी जेष्ठ नागरिक गृहको तेस्रो वार्षिकोत्सवको उपलक्षमा यही फाल्गुण १९ गते २६४ जना जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मान गरियो । सहयोगी बहुउद्देश्यीय सहकारी संंस्था लि.की का.का. अध्यक्ष कल्पना श्रेष्ठले अध्यक्षता गर्नु भएको सो सम्मान कार्यक्रममा तत्कालीन बागमती प्रदेशका उद्योग , वाणिज्य तथा भूमि व्यवस्था मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यता र महालक्ष्मी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी महर्जनको विशेष आतिथ्यता रहेको थियो । त्यस अवसरमा प्रमुख अतिथि चित्रकार , विशेष अतिथि महर्जन, कार्यक्रमका अतिथि तथा महालक्ष्मी नगरपालिका वडा नं.७ का वडाध्यक्ष बाबुराजा महर्जन , वडा नं.८ का वडा सदस्य निरञ्जन शर्मा पौडेल , वडा नं.९ का वडाध्यक्ष जयकृष्ण बोगटी र वडा नं.१० का वडाध्यक्ष विजय लामा स्याङ्तानले सहय‍ोगी बहुउद्देश्यीय सहकारी संस्था लि. र सहयोगी जेष्ठ नागरिक गृहको कार्यप्रति प्रशन्नता व्यक्त गर्दै सम्मानित जेष्ठ नागरिकहरुको सुख, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नु भएको थियो । सहयोगी जेेष्ठ नागरिक गृह परिसरमा सम्पन्न कार्यक्रममा सोही गृहका सचिव अनिल महर्जन र कोषाध्यक्ष सूूर्यमान महर्जनले सञ्चालन र त्यसै गृहका सदस्य नरबहादुर महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको स‍ो कार्यक्रममा सहयोगी बहुउद्देश्यीय सहकारी संंस्था लि.का संस्थापक अध्यक्ष नारायण लाल श्रेष्ठले सहयोगी बहुउद्देश्यीय सहकारी संंस्था लि. स्थापनाको उद्देश्य , यसको अवस्था र गतिविधि लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा सम्मनित जेष्ठ नागरिकहरु लगायतले सहयोगी जेष्ठ नागरिक गृहको कार्यको प्रशंसा गरेका थिए ।

सहयोगी जेष्ठ नागरिक गृहले जेष्ठ नागरिकहरुलाई रिफ्रेे गराउने कार्य गरिरहेको त्यसै गृहका सदस्य ओम श्रेष्ठको भनाइ छ ।

कार्यक्रम झलक :

Leave a Reply