सामूहिक साकोसको नीति तथा कार्यक्रम एवं अनुमानित बजेट तर्जुमा गोष्टि सम्पन्न

भक्तपुरको बोलाछेंमा आफ्नै भवनमा

केन्द्रीय कार्यालय तथा सूर्यविनायक र थिमिमा सेवा केन्द्र सञ्चालनमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.,को आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम एवं अनुमानित बजेट तर्जुमा गोष्ठि सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षतामा २०८० असार २० गते शनिवार भक्तपुर किचेन तालाक्व, भक्तपुरमा सम्पन्न भय‍ो । उक्त संस्थाका भूतपूर्व अध्यक्ष, सल्लाहकार तथा सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र विभिन्न उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु एवं उच्च व्यवस्थापनका कर्मचारीहरु गरि ३६ जनाको सहभागिता रहेको गोष्ठिमा सो संस्थाका का.मु. व्यवस्थापक अनिता दुवालले प्रस्तुती गर्दै आर्थिक वर्ष २०७९/०८० को अन्तिम लेखापरीक्षण अघि रु.६७,०१,५८,९८१ को कूल कारोवार रहेको बताउनुभयो । ग‍ोष्ठिमा त्यसै संस्थाका सचिव कृष्णहरि सैँजुले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठिको औचित्यमाथि प्रकाश पार्नुभयो । उहाँले अबको दिनमा Bounce Back To member को नीति अवलम्बन गर्नु अनिवार्य रहेको बताउनुभयो ।

गोष्ठिमा त्यस संस्थाको व्यवस्थापनबाट प्रस्तुती गरिएको आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित बजेट र भावी नीति तथा कार्यक्रमहरु माथि सहभागीहरुबाट छलफल तथा सुझाव प्रस्तुत गरिएको थियो । उक्त अवसरमा सो संस्थाका कोषाध्यक्ष अशोकरत्न शाक्यले गोष्ठिमा सहभागीहरुबाट आएका जिज्ञासा माथि प्रष्ट पार्दै अहिले यस संस्थाको कारोवार बृद्धि भन्दा पनि यो संस्थालाई दिगो कसरी बनाउन सकिन्छ भन्नेमा सबैजना सचेत रहनुपर्नेे खाँचो औंल्याउनुभयो ।

गोष्ठिमा सोही संस्थाका भूतपूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठ रूपमै माधव ध्वँजु, लेखा सुपरीवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ लगायतले मन्तव्य सहित सल्लाह सुझाबहरु दिनभएको थियो । गोष्ठिको अध्यक्षता गरेका उक्त संस्थाका अध्यक्ष राजोपाध्यायले गोष्ठिमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आर्थिक मन्दी तथा सहकारीको बारेमा नकारात्मक खबर बढी मात्रामा प्रचार प्रसार हुँदा त्यसले सहकारीका सदस्यहरुमा त्रास उत्पन्न भएको देखिएको छ तर त्यसका बाबजुद पनि हाम्र‍ो यस सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.मा बचत तथा ऋण लगानी सुरक्षित रहेकोले ढुक्क भएर कारोबार गर्न शेयर सदस्यहरुलाई अनुरोध गर्नुभयो । गोष्ठिको सञ्चालन सो संस्थाका कर्मचारी विन्द्रा नायभाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *