सारा विकास साकोसको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८० फाल्गुण १९ गते शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा वनभोज कार्यक्रम सम्पन्न भयो । ‘स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरु बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यो वनभोज कार्यक्रम आयोजना गरेको हो’, सोही संस्थाका पूर्व अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठको भनाइ छ । वनभोज कार्यक्रममा उक्त संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षेण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु, शेयर सदस्यहरु लगायत गरि १८० जनाको सहभागिता रहेको जनाइएको छ ।

वनभोज कार्यक्रममा मनोरञ्जनात्मक सांस्कृृतिक कार्यक्रम प्रस्तुती हुनुका साथै खेल समेत खेलाइएको थियो । राम्रो खेल खेलेका सदस्यहरुलाई त्यसै संस्थाकी अध्यक्ष लक्ष्मी बानिया क्षेत्री र काठमाडौंको सरस्वतीनगर टोल सुधार समितिका अध्यक्ष पेशलकुमार पहाडीले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा सरस्वतीनगर टोल सुधार समितिका अध्यक्ष पहाडी लगायतका अतिथिहरुले सो संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो । त्यसै अवसरमा सोही संस्थाकी अध्यक्ष बानियाले वनभोज कार्यक्रममा सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

Leave a Reply