सारा विकास साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका -६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संंस्था लि.को १४औँ वार्षिक साधारण सभा २०८० फाल्णुण १० गते बिहीबार काठमाडौंमा सम्पन्न भयो ।

सोही संस्थाकी अध्यक्ष लक्ष्मी बानिया क्षेत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाको सफलताको कामना व्यक्त गर्दै काठमाडौं महानगरपालिका वडा नं.६ का वडाध्यक्ष भुवन लामाले त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो । त्यसै संंस्थाका उपाध्यक्ष विशाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै सरस्वतीनगर टोल सुधार समितिका अध्यक्ष पेशलकुमार पहाडीले आफ्नो टोलमा समुदायमा आधरित रहेर सञ्चालन भएक‍ो सारा विकास साक‍‍ोसले गरेको प्रगति देख्दा खुुशी लागेको बताउदै यो संंस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

त्यस अवसरमा सारा विकास बचत तथा ऋण सहकारी संंस्था लि.का पूर्व अध्यक्ष वीरेन्द्र श्रेष्ठले उक्त संंस्थाको गतिविधिको बारेमा प्रकाश पार्दै यस संंस्थाले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गरेको बताउनुभयो । शेयर सदस्यहरुलाई आफ्नो संस्थाप्रति केन्द्रित गरि शेयर सदस्यहरु बीच संस्थाको भावी कार्यक्रमको बारेमा राम्रोसँग छलफल गर्ने उद्देश्यले कुनै तडकभडक नगरी सामान्य ढंगबाट यो साधारण सभा आयोजना गरिएको बताउदै उहाँले शेयर सदस्यहरु बीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले यही फालगुण १९ गते शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा यस संस्थाले वनभोज कार्यक्रम आयोजना गरेकोले त्यस कार्यक्रममा सहभागी हुन संस्थाका शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाकी अध्यक्ष बानियाले ‘सहकारी सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसात गरि आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुसार हाम्रो यो संस्था सञ्चालन भइरहेको छ’, भन्नुभयो । यस संंस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप-समितिहरु र कर्मचारी एक मतका साथ संस्थाको हितमा लागिरहेको भन्दै उहाँले आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा यस संस्थामा शेयर पूँजी रु.१,०८,२७,२००, कूल निक्षेप संकलन रु.३,३२,९६,८००.६६ र कर्जा लगानी रु.३,१२,४४,१५१.१४ रहेकोमा आर्थिक वर्ष २०८०/०८१ को अन्तसम्मा शेयर पूँजी रु.१,१८,००,००० , कूल निक्षेप संकलन रु.४,००,००,००० र कर्जा लगानी रु.४,००,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभय‍ो । साधारण सभामा त्यसै संंस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक पुण्यल‍ोचन आचार्यले लेखा सुुुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरि सााधारण सभाबाट ती प्रतिवेदन पारित गरियो ।

Leave a Reply