रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लामो समयदेखि सम्पर्क विहीन रहेका ३ वटा सहकारी संस्था खारेज गरेको जनाएको छ । सो नगरपालिकाले आज जारी गरेको सूचनामा श्री उदय कृषि सहकारी संंस्था लि., श्री उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लि. र श्री योग्यता कृषि सहकारी संस्था लि.को दर्ता खारेज गरेको उल्लेख छ ।






