सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-१५, चापागाउँ दोबाटोमा रहेको सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सोही संस्थाका अध्यक्ष दीपेन्द्ररमण डंगोलको अध्यक्षता र बागमती प्रदेश सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा उक्त साधारण सभा सम्पन्न भयो । प्रमुख अतिथि महर्जनले

पानसमा दीप प्रज्वलन गरी उक्त साधारण सभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले समुदायमा आधारित रही शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भएका कुनै पनि सहकारी संस्थामा समस्या छैन तर समुदायमा आधारित नरहेका र सुशासनमा नचलेका सहकारी संस्थामा मात्रै समस्या देखिएको भन्दै समुदायमा आधारित रहेर आफ्ना शेयर सदस्यहरुलाई राम्रो सँग सेवा प्रवाह गरिरहेको यस सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.का सबै सूचकाङ्क राम्रो रहेकोले यस संस्थामा ढुक्क भएर नियमित रुपमा वित्तीय कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले ललितपुर जिल्लामा अरब भन्दा माथि कारोवार भएका सहकारी संस्था ४० भन्दा बढी रहेका छन् भन्दै सहकारीको वित्तीय कारोवारलाई भन्दा सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि. जस्ता सुशासनमा चलेका सहकारी संस्थामा कारोवार वित्तीय कारोवार गर्न आग्रह गर्नुभयो । त्यस्तै बौद्ध जन विहार तथा बृद्ध दिवा सेवा समिति , सुनाकोठीका अध्यक्ष ज्ञानकृष्ण महर्जनले पुण्य गरेपछि फल पाइदो रहेछ भन्दै सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को उत्तरोतर प्रगति कामना गर्नुभयो ।

त्यस साधारण सभामा सोही संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष डंगोलले

हुनेखाने वर्गदेखि हुँदाखाने वर्गसम्म वित्तीय पहुँच पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यस सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आफ्ना शेयर सदस्य ज्यूहरुको सुबिधालाई ध्यान दिएर सेवा प्रवाह गरिरहेको बताउदै चालु आर्थिक वर्ष २०७९/०८० सो संस्थाले सञ्चालन गर्ने नीति , कार्यक्रम र योजना बारे प्रकाश पार्नुभयो । त्यसैगरी सो संस्थाका कोषाध्यक्ष सिद्धिबहादुर महर्जनले ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभयो ‌ र लेखा सुपरीवेक्षण समिति सदस्य दुर्गा महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रस्तुत गर्दै यस संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको बताउनुभयो । साधारण सभामा ती प्रतिवेदनहरु माथि आवश्यक छलफल गरी पारित ग-यो ‌। ती प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा शेयर पूँजी रु.१,०४,५५,५००, कुल पूजी तथा दायित्व रु.६,८९,४३,६५१, ऋण लगानी रु.४,८७,५५,५६०.४८२ , कूल व्याज आम्दानी रु.५७,३४,४८८ ,खर्च रु.४३,७६,९४३ रहेको उल्लेख छ ‌

सोही संस्थाकी लेखा सुपरीवेक्षण समिति संयोजक सुनिता खडृकाले सञ्चालन र सञ्चालक समिति सदस्य अनिषा तामाङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो सभामा सोही संस्थाका सल्लाहकार तथा समाजसेवी बाबुकाजी महर्जन

, समाजसेवी तथा श्रीकृष्ण प्रणामी मन्दिर सुनाकोठीकी अध्यक्ष आरती कार्की

, समाजसेवी तथा बौद्ध जन विहार बृद्ध दिवा समिति, सुनाकोठीका अध्यक्ष ज्ञानकृष्ण महर्जन

, भृङ्गारेश्वर भजन मण्डली तथा बृद्ध सेवा समिति , सुनाकोठीका अध्यक्ष रामचन्द्र महर्जन

र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नवनिर्वाचित सञ्चालक राजकृष्ण महर्जनलाई दोसल्ला ओडाएर सम्मान-पत्र प्रदान गरी सम्मान गरियो ।

सुनाकोठी सहकारी समाजका अध्यक्ष रामभक्त महर्जन , अलगपथका सञ्चालक अर्जुन कार्कीको आतिथ्य रहेको त्यस सभामा सो संस्थाका उत्कृष्ट बाल बचतकर्ता जेशिका महर्जन , उत्कृष्ट बचतकर्ता विक्रम महर्जन र उत्कृष्ट मुद्दती बचतकर्ता गोकुल डंगोललाई पुरस्कृत गरी सम्मानित गरियो । उक्त सभामा प्रमुख अतिथि , विशेष अतिथि र अतितिहरुलाई ज्ञामाको चिनो प्रदान गरियो ।

Leave a Reply