पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा रास्वपाी नेता सुमना श्रेष्ठपछि रास्वपाका सतिवालय सदस्य सन्तोष परियारले पनि रास्वपा छाडेका छन् । उनले आज राष्ट्रिय स्वतन्त्र पार्टीका का.वा सभापति डोलप्रसाद अर्याललाई पार्टी छाडेको व्यहोरा सहितको राजीनामा-पत्र बुझाउदै रास्वपामा रहदा आफूलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिएको बताइएको छ ।
बिघटित प्रतिनिधि सभामा रास्वपाका प्रमुख सचेतको जिम्मेवारीमा रहेर कार्य गरेका परियारले रास्वपाको महाधिबेशन गर्न माग गर्दै आएका थिए तर उनको आफ्नो माग सुनुवाई नभएपछि उनले सो पार्टी छाडेको श्रोतले जनाएको छ । उनी नेकपा (मके) सहितका दल तथा समूहहरुको एकता प्रक्रियामा समेल नएका बिघटित नेकपा (माके)का नेता जनार्दन शर्माले शुरु गरे कम्युनिष्ट प्रगतिशील अभियानमा परियार पनि सामेल भएको समाचार सार्वजनिक भएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले उनले रास्वपामा रहेर गरेको जिम्मेवारी बहन र उनीसँगको सहयात्राको स्मरण गर्दै उनको भावी राजनीतिक यात्राको सफलताको कामना गरेका छन् ।
सुदन किराँती, सन्तोष परियार र दुर्गा सोबबीच समझदारी
बिघटित नेकपा (माके)का नेता तथा सुदन किराँती, रास्ववा छाडेका सन्तोष परियार र नेसपा (नयाँशक्ति)कि नेतृ दुर्गा सोबबीच आज ५ बुँदे समझदारी भएको समाचार सार्वजनिक भएको छ ।





