सुयोग्य साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका-३२, सेतीओपीमार्ग , कोटेश्वरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष पम्फा न्यौपानेको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृत खड्गप्रसाद सुब्बाको सञ्चालनमा सम्पन्न सो साधारण सभाको राष्ट्रिय सहकारी महासंघ लिमिटेड,,नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

सोही अवसरमा उहाँले आर्थिक , सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान गर्दै अगाडि बढिरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापना भएको छोटो समयमा नै गरेको प्रगति देख्ता खुसी लागेको बताउदै यस संस्थाले परिवर्तित समय अनुसार आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउन सकोस भनी कामना व्यक्त गर्नुभयो । उहाँले यसका सबै सूचकाङ्क राम्रो रहेकोले शेयर सदस्य ज्यूहरुले यो संस्थामा ढुक्क भएर कारोबार गर्न अनुरोध गर्नुभयो । । उहाँले सहकारी क्षेत्रलाई थप मर्यादित र व्यवस्थित बनाउन हामी सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्छ भन्दै ऐन , नियम लगायत सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघले पहल र प्रयत्न गरिरहेको बताउनुभयो ।

उक्त अवसरमा सोही महासंघकी महाप्रबन्धक तथा सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.की भूतपूर्व अध्यक्ष चित्राकुमारी थाम्सुहाङ सुब्बाले सो संस्थाको बारेमा प्रकाश पार्दै यसले आफूले गरेको कार्यका कारण सहकारी क्षेत्रमा आज अलग्गै परिचय स्थापित गर्न सकेको बताउनुभयो ।

त्यस सभामा उक्त संस्थाकी अध्यक्ष न्यौपानेले सो संस्थाको सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा संस्थाका कर्मचारीहरुको मेहनत र परिश्रमका कारण हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउदै हाम्रो संस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवा र सुविधालाई परिवर्तित समय अनुरुप प्रविधिमैत्री बनाइएको छ, जस अनुसार हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्य ज्यूहरुलाई बचत तथा ऋण कारोवारसँगै रेमिट्यान्स सेवा ,मोवाइलमा एसएमएस सेवा , मोवाइल बैंकिङ सेवा , खल्ती सेवा , क्युआर कोड सेवा र इ-सेवाको सुविधा प्रवाह गरिरहेको छ र यी सेवाहरु मार्फत शेयर सदस्यहरुले आफ्नो खातामा रहेको रकम अर्को खाता ट्रान्सफर गर्न, विजुली , टेलिफोन , इन्टरनेटको विल भुक्तानी , मोवाइल रिचार्च , र खानेपानीको महशुल , स्कूलको फी भुक्तानी , हवाई जहाज तथा सार्वजनिक सवारी साधनको टिकट काट्न तथा अन्य घरायसी कार्य गर्न सकिने बताउदै प्रविधिमा आधारित डिजिटल सेवाहरुको बिस्तार र भौतिक स्तरोन्नतीलाई निरन्तरता दिने नीति लिइएको जानकारी दिनुभयो । उहाँले त्यस संस्थाका बिगतका कार्य र भावी योजनाबारे प्रकाश पार्दै हाम्रो यस संस्थाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका भरी कार्यक्षेत्र बिस्तार गरी त्यहाँका स्थानीयबासीहरु बीच पनि आफ्नो सेवा पु-याउन सकेको बताउनुभयो ।

यसै सभामा त्यस संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक प्रकाश रेग्मीले यो संस्थाको समग्र अवस्था राम्रो रहेको बताउनुभयो ।

साधारण सभामा प्रस्तुत भएका ती प्रतिवेदन उपर शेयर सदस्यहरु बीच व्यवस्थित ढंगबाट छलफल गरिएको थियो । शेयर सदस्यहरु बीच छलफल समापन पछि साधारण हभाबाट ती प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरियो । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा १५ प्रकारका बचत खाता सञ्चालन गरिरहेको त्यस संस्थामा गत असार मसान्तसम्म शेयर सदस्य संख्या १,७३५ जना , शेयर पूँजी रु.२,४७,२७,९००, बचत निक्षेप संकलन रु.२१,५९१०,७२९ , ऋण लगानी रु.२०,२३,४८,७६३, कुल आम्दानी रु.३,४५,६०,८२१ र कूल खर्च रु.२,५०,८३,२५६ , जगेडा कोष रु.१,८४,६८,८३८ रहेको उल्लेख छ ।

शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको त्यस सभामा त्यसै संस्थाका सञ्चालक काजीमान सुब्बाले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । त्यसै सभामा सहकारी ऐन र नियामावली र संस्थाको विनियममा भएका व्यवस्था अनुरुप आर्थिक बर्ष २०७८/०७९ मा राम्रोसँग वित्तीय कारोवार गरेका शेयर सदस्यहरुलाई सहकारी ऐन , नियमावली र विनियम अनुरुप संरक्षित पूँजी फिर्ता कोषको रकम सम्बन्धित शेयर सदस्यहरुलाई उपलब्ध गर्ने घोषणा गरियो । त्यसै क्रममा ऋण तर्फ उत्कृष्ठ कारोवार गर्नेलि शेयर सदस्यहरु रामशरण के.सी.लाई रु.५६, ३३६, इन्दिरा तण्डुकारलाई रु.४४,९९३ , जुनिता जबेगुलाई रु.३७,३४४ , विमला श्रेष्ठलाई ३२,६१४ र दीपक खड्कालाई रु.२७,२२७ तथा बचत तर्फ उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरु टेकबहादुर लिम्बु, शिवकुमार लिम्बु , नदिशोभा राई , योगी सुब्बा र महेन्द्रराज थाम्सुहाङलाई संरक्षित पूँजी फिर्तो कोषको रकम प्रदान गरियो ।

साधारण सभाले संस्थाको विनियम समेत संशोधन गरेको छ ।

Leave a Reply