सूर्यविनायक को-अपरेटिभ म्यानेजर्स क्लवको दोश्रो भेला २०८२ जेष्ठ २ गते शुक्रबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सुर्यविनायक नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापकहरु सहभागी सो भेलाले बंगलामुखी साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठको अध्यक्षतामा सूर्यविनायक को-अपरेटिभ म्यानेजर्स क्लवको नयाँ कार्य समिति निर्विरोध चयन गरेको थियो । दुई बर्षे कार्यकाल रहने उक्त कार्य समितिको उपाध्यक्षमा दक्षिण बाराही महिला साकोसकी व्यवस्थापक दीपा श्रेष्ठ क्षेत्री ,सचिवमा अमरज्योति साकोसका व्यवस्थापक निर्मलप्रसाद सुबेदी ,कोषाध्यक्षमा सिमल साकोसका व्यवस्थापक मोतिराम खाताखो तथा सदस्यहरुमा चमेली कल्याणकारी साकोसका व्यवस्थापक सुदर्शन चौलागाई,भविष्य साकोसकी व्यवस्थापक लक्ष्मीपुष्पा भट्टराई,मैत्रीय साकोसका व्यवस्थापक उमेश सिलवाल,पाञ्चायन महिला साकोसकी व्यवस्थापक रेखाकुमारी उपाध्याय, सुवर्णपुर साकोसका व्यवस्थापक रामकुमार कोयजू, भरोसा साकोसकी व्यवस्थापक गीता थापा र समृद्ध साकोसका व्यवस्थापक बालकृष्ण नगरकोटी हुनुहुन्छ ।
त्यस अवसरमा नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै प्रमुख अतिथि धोजूले यो क्लवले विशुद्ध पेशागत संघको रुपमा अगाडि बढी आफ्नो हक हित स्थापित गर्ने गरि कार्य गर्ने विश्वास व्यक्त गरि सो कार्य समितिको कार्यकाल सफलताको कामना गर्नुभएको थियो । प्रारम्भिक सहकारीमा बसेर काम गरेका व्यक्तिलाई मात्र सहकारीको वास्तविक समस्या थाहा हुने र यो क्लवमार्फत सहकारी संस्थाका असल अभ्यास एक आपसमा आदान प्रदान हुन सक्ने भन्दै उहाँले बर्तमान समयमा सहकारी संस्थाले भोगेका समस्याको बारेमा छलफल गरि अगाडि बढ्न र आफ्नो विनियमलाई फराकिलो ढंगबाट लेखन गरी सूर्यविनायक नगरपालिकाभित्रका सहकारी संस्थाहरुका कर्मचारीलाई थप सशक्तिकरण गर्दै सहकारी संस्थाहरुलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न यो क्लबले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारी अभियानको प्रबर्द्धनमा लाग्न आग्रह गर्नुभयो ।
यसैगरी उक्त क्लबका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै यो भेलाले दिएको जिम्मेवारी पूरा गर्ने गरि यो कार्य समितिले कार्य गर्ने बताउनुभयो ।
मध्यपुर थिमि को-अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष शान्तकुमार हेक्का ,चन्द्रागिरि को-अपरेटिभ म्यानेजर्स क्लबका सल्लाहकार लेवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थिधो ।






