स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा २०८२ पुष ५ गते शनिबार ललितपुर महानगरपालिका-९, भोल गणेशस्थानस्थित ज्यापु प्रज्ञा भवनमा सम्पन्न भयो ।

सो संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न साधरण सभाको दीप प्रज्वलन गरि सोही संस्थाका जेष्ठ सदस्य सन्तलाल महर्जनले उद्घाटन गर्नुभयो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन अनुरुप सम्पन्न उक्त साधारण सभामा सञ्चालक समितिको तर्फबाट आ.व.२०८१/०८२ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष व्यञ्जनकारले ‘नियमनकारी निकायले जारी गरेका नीतप, निर्देशन र सुझावलाई स्थापनाकालदेखि नै पालना गरेर सहकारी ऐन, नियम, मुल्य र मान्यतालाई आत्मसात गरि सञ्चालन भइरहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.लाई सहकारी क्षेत्र र अभियान लगायत देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने कार्य गरे बापत ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले उत्कृष्ट सहकारी पुरस्कार,२०८१ बाट सम्मान गर्नुले हामीलाई थप हौसला प्राप्त हुनुका साथसाथै चुनीति पनि थपिएको महशुस भएको छ’, भन्नुभयो । आफ्ना शेयर सदस्यहरुको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासका लागि लागिपरिरहेको यस संस्थालाई सफलतापूर्वक अगाडि बढाउन साथ सहयोग गर्ने त्यस संस्थाका शेयर सदस्य र कर्मचारी तथा सुभेच्छुकहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
उक्त संस्थाका सञ्चालक सुशिल व्यञ्जनकारले सञ्चालन गर्नुभएको सााधारण सभामा सो संस्थाकी सचिव रविना व्यञ्जनकारले आ.व.२०८१/०८२ को संस्थाको वार्षिक प्रगति विवरण र आ.व.२०८२/०८३ को लागि प्रस्तावित वार्षिक कार्यक्रम , कोषाध्यक्ष बिजेन्द्र महर्जनले संस्थाको आ.व.२०८१/०८२ को आर्थिक प्रतिवदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुरेन्द्र महर्जनले संस्थाको लेखा सुपरीवेक्षण समितिको आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु्भयो ।

शेयर सदस्यहरु बीच छलफल भई ६,६ प्रतिशत शेयर लाभांंश वितरण गर्ने निर्णय सहित साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएको सोही संस्थाकी व्यवस्थापक रविना महर्जनको भनाइ छ ।






