१ नं प्रदेशका मुख्यमन्त्री राईलाई मातृ शोक

१ नं. प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एस)का सचिव एवं अनेरास्ववियुका पूर्व अध्यक्ष राजेन्द्रकुमारी राईकी आमा धनकुमारी राईको आज विहान १०:२५ बजे उपचारका क्रममा निधन भएको छ । बिरामी भएपछि विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको बताइएको छ ।

मुख्यमन्त्री राईकी आमाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोही अस्पताल परिसरमा राखिएको थियो ।

मुख्यमन्त्री राईकी आमाको निधनप्रति नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल , नेकपा (एमाले)का सचिव योगेश भटृटराई, नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय अर्जुन कार्की र सतिलाल चौधरी सहितका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता एवं सामाजिक व्यक्तित्वहरु लगायतले शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply