२६औं पटक सगरमाथा आरोहण गरी कामरिता शेर्पाद्वारा आफ्नै कीर्तिमान भंग

काठमाडौं/ कीर्तिमानी हिमाल आरोही कामरिता शेर्पाले २६औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी आफ्नै कीर्तिमान भंग गर्नु भएको छ । सोलुखुम्बुको थामेका ५२ वर्षीय कामरिताको नेतृत्वमा ११ जनाको नेपाली शेर्पा गाइडको टोलीले शनिवार साँझ ६:५५ बजे सगरमाथाको चुचुरोमा पाइला टेकोको जनाइएको छ । काठमाडौंको सेभेन समिट ट्रेक्स मार्फत शुक्रबार साझ सगरमाथाको चुचुरोतर्फ लागेको यो टोली यस वर्षको वशन्तकालीन याममा सगरमाथा शिखर आरोहण गर्ने पहिलो टोली बनेको छ । उक्त टोली आज साँझसम्ममा आधार शिविर पुग्ने गरी सागरमाथाको चुचुरोबाट तल ओर्लिदै गरेको बुझिएको छ ।

२५औं पटक सगरमाथा आरोहण गरेपछि अब पुन: सगरमाथा आरोहण नगर्ने घोषणा विपरीत शेर्पाले सगरमाथाको आरोहण गर्नु भएको हो ।

Leave a Reply